यी हुन् केपी ओलीको भ्रमणमा  भारतका प्राथमिकता

७ बर्ष अगाडि


नयाँ दिल्ली- भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए । उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझेदारी, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ । आजको नयाँ पत्रिकामा खबर छापिएको छ  |
प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनका लागि प्रस्ताव गरे छलफल गर्न भारत तयार रहेको ती अधिकारीले बताए । ‘पारवहनमा कस्ट अफ इकोनोमी पनि हेर्नुपर्छ, यदि व्यवसायीले धान्न सक्छन् भन्ने अवस्था हो भने हामी थप बन्दरगाहमा नेपाललाई सहजीकरण गर्न तयार छौँ,’ उनले भने ।

नेपालमा करिब दुईतिहाइ बहुमतनजिकको वामपन्थी सरकारलाई उच्च महत्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा स्वागत गर्दै छ । विगतमा मधेसको सीमांकनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले धारणा बदलेको छ ।

उसले सबै पक्ष सहभागी भएको निर्वाचन म्यान्डेटको स्वागत गर्दै नेपालको विकास र राजनीतिक स्थायित्वमा सघाउने बताएको छ । नयाँ सरकारसँग सम्बन्ध विस्तार भारतको उच्चतम प्राथमिकताको विषय बनेको छ ।

भारतका विदेश राज्यमन्त्री जनरल भिके सिंह, विदेश मन्त्रालयका प्रवक्ता रविसकुमार र भारतका नेपाल र भुटान डेस्क हेर्ने नर्थ डिभिजनका सहसचिव सुधाकर दलेलाले भारतीय प्राथमिकता र चासोबारे नेपाली सञ्चारकर्मीसामु परिवर्तित धारणा सुनाए । दुवै देशका सञ्चारमाध्यममा नेपाल–भारत सम्बन्धमा चीनलाई अनावश्यक जोडिएको र त्यो यथार्थपरक नभएकोसमेत उनीहरूले स्पष्ट पारे ।

नेपाल–चीन सम्बन्ध वा नेपालको अन्य देशसँगको सम्बन्धबारे भारतलाई चिन्ता नरहेको, बरु नेपालको नयाँ सरकारसँग काम गर्न चाहेको उनीहरूको धारणा छ ।

उनीहरूले पाकिस्तानका प्रधानमन्त्री सइद खकान अब्बासीको नेपाल भ्रमणबारे केही उल्लेख गरेनन्, चीनसँग नेपालको सम्बन्धबारे नकारात्मक टिप्पणी गरेनन् । २३ देखि २५ चैतसम्म प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण गर्ने लगभग तय भएको छ । विगतको तीतो सम्बन्ध बिर्सिएर ओलीलाई रिझाउने भारतको प्रयास हुने देखिँदै छ, नयाँ पत्रिकामा खबर छ  ।एमालेसँग पार्टी एकताको निर्णय गर्न माओवादीले बोलायो  वैठक
काठमाडौँ, १२ चैत- माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न बिहीबारका लागि सचिवालय वैठक बोलाएको छ । बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न सक्ने माओवादी नेता मणि थापाले बताए । एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य गर्न लागिसकेका छन् । 

आन्तरिक गृहकार्यकै लागि माओवादीले शनिबार पूर्व हेडक्वार्टर सदस्यको बैठक बोलाएर प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो । सचिवालय बैठकमा इन्चार्जहरूले प्रदेश, जिल्ला क्षेत्र र गाउँसम्मको पार्टीको वैचारिक संगठनिक विषयमा रिपोर्ट पेस गर्नेछन् ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया