सिटिजन लाइफद्धारा १० लाख ९० हजार मृत्यु बीमा दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बानेश्वर शााखाले बीमितको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको हो ।

कम्पनीले नेपालगंज–२ बाँके हाल बुढानिलकण्ठ–१२ काठमाडौंमा बसोबास गर्ने बीमित लेङकी शेर्पाको छोरा तेन्जी शेर्पालाई बीमा दाबी वापतको १० लाख ९० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ ।

बीमित शेर्पाले एक वर्ष अघि १० लाख बीमाङ्क रकमको ‘शुभारम्भ योजना’ अन्तर्गतको जीवन बीमा गराएका थिए । उनले बीमा गरेको दुई किस्ताको दरले १ लाख ६६ हजार बुझाएका थिए । 

उनको मृत्यु भएपछि कम्पनीले दाबी भुक्तानी वापत १० लाख र काज क्रिया खर्च ५० हजार र बोनस रकम ४० हजार गरी कुल १० लाख ९० हजार रुपैयाँ भुक्तनी गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया