काठमाडौं - कामना सेवा विकास बैंकले १४ हजार १२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम बाह्य खरीदकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया