काठमाडौं - सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ ।
यस योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुने बैंकले जनाएको छ । बैंकका अनुसार नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २५ वा अधिकतम रु २० तथा मासिक अधिकतम ५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।
क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।
प्रतिक्रिया