काठमाडौं - चालु आर्थिक वर्षको सात महिनामा १९ जीवन बीमा कम्पनीहरुले ५८ अर्बमाथि नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिको तथ्याङक अनुसार उक्त कम्पनीहरुले यस अवधिसम्ममा ५८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका हुन् ।
माघ महिनामा मात्रै कम्पनीहरुले ७ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।
चालु आथिृक वर्षको ७ महिनामा सबैभन्दा धेरै नेपाल लाइफले नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २१ करोड ३४ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको छ ।
प्रतिक्रिया