ग्रीन भेन्चर्सको आईपीओमा कति पर्‍यो आवेदन, कहाँबाट दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि जारी भएको आईपीओमा शुक्रबार ५ बजेसम्ममा सि आश्वा प्रणालीबाट १० करोड ११ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार २ हजार ९२४ जनाबाट १० लाख ११ हजार ९१० कित्ता सेयर खरीदको माग परेको हो । कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ दरका ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गा.वि.स), लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), लिखु तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गा.वि.स, रामेछाप), लिखु तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस रामेछाप) र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस रामेछाप) का बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौं, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सकिनेछ ।

साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया