६ महिनामा ५८ अर्ब ९० करोड वैदेशिक सहायता परिचालन, ४५ अर्ब २ करोड ऋण

४ बर्ष अगाडि

काठमाडौं - सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५८ अर्ब ९० करोड बराबरको वैदेशिक सहायता परिचालन गरेको छ । 

२०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम परिचालन गरिएको जानकारी अर्थ मन्त्रालयले दिएको हो । 

परिचालन गरिएको वैदेशिक सहायतामध्ये १३ अर्ब ८८ करोड रुपैयाँ अनुदान र ४५ अर्ब २ करोड रुपैयाँ ऋण रहेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ३० अर्ब ४ करोड रुपैयाँ ऋण गरी कूल ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक रहायता प्राप्त भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया