राष्ट्र बैंकले २५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने, फागुन १८ गते चाहेको रकमको प्रस्तावमा व्याजदर खुलाएर पेश गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंक लिमिटेडले २५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल चैत्र १ गतेदेखि २०७९ साल फागुन ३० गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ७५ लाख रुपैयाँ गरी कूल २५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते बिहान १० बजेदेखि बेलुका ३ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया