काठमाडौं, सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले नेपालगंज–२ बाँके हाल बुढानिलकण्ठ–१२ काठमाडौंमा बसोबास गर्ने बीमित लेङकी शेर्पाको छोरा तेन्जी शेर्पालाई बीमा दाबी वापतको १० लाख ९० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
बीमित लेङकी शेर्पाले एक वर्ष अघि १० लाख बीमाङ्क रकमको ‘शुभारम्भ योजना’ अन्तर्गतको जीवन बीमा गराएका थिए । उनले बीमा गरेको दुई किस्ताको दरले १ लाख ६६ हजार बुझाएका थिए । उनको मृत्युभएपछि कम्पनीले दाबी भुक्तानी वापत १० लाख र काज क्रिया खर्च ५० हजार र बोनस रकम ४० हजार गरी कुल १० लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
उक्त चेक क्षेत्रीय शाखा प्रमुख लोकमाया अधिकारीले हस्तान्तरण गरेकी हुन् ।
प्रतिक्रिया