बलेफी हाइड्रोपावरको आईपीओमा हालसम्म कति दिए आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं- बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड को आईपीओमा हालसम्म ७ हजार एक सय १४ जना आवेदकले १२ करोड २३ लाख ४१ हजार रूपैयाँ बराबरको १२ लाख २३ हजार ४ सय १० कित्ताका लागि आवेदन दिएका छन्

कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ ९साविकको गोल्चे गा.वि.स,गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स. का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के।भि। प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो । 

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ । 

लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैंक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर शाखा, महालक्ष्मी विकास बैंक खाडिचौर शाखा र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया