८६२८ जनाको परीक्षणमा २७५ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रिमतको संख्या ९ हजारमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६२८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा ५५५ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७६ हजार ६७० तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार २५५ जनामा पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ९ लाख ५५ हजार ५५८ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३२जना पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित ९ हजार २८० जना रहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया