नेष्डो समृद्ध लघुवित्तको आईपीओमा २ करोड १६ लाख बढी कित्ताका लागि आवेदन, कति भरे आईपीओ ?

४ बर्ष अगाडि

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा २७.६७ गुणा बढी आवेदन परेको छ । 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म यो आईपीओमा १८ लाख ६९ हजार ९४५ आवेदकबाट २ करोड १६ लाख ६८ हजार ६१० कित्ताका लागि आवेदन परेको छ। जुन मागको तुलनामा २७.६७ गुणाले बढी हो। 

संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। 

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओ अब गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ७७ हजार ४५६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यसरी १० कित्ताका दरले सेयरमध्येबाटै २० कित्तामाथि आवेदन दिन तिनै आवेदकमध्ये ३ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओको निष्कासन बन्द फागुन १५ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउँछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ। 


 

४ बर्ष अगाडि

प्रतिक्रिया