काठमाडौं-लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले वार्षिक ७५ लाख ८५ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् ।
उनले आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता तथा अलाउन्सेस बापत ७५ लाख ८५ हजार ८४९ रुपैयाँ र सञ्चालक समितिको बैठक भत्ता बापत २ लाख १० हजार रुपैयाँ बुझेका हुन् ।
कम्पनीले यस भन्दा अघिल्लो आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतका लागि ५४ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।
भारतबाटै आएका डेपुटी सिइओ टि बुर्नवालले तलब भत्ता तथा अलाउन्सेस बापत ६९ लाख ६३ हजार ३३२ रुपैयाँ बुझेका छन् । सिटिओ सञ्जीव कुमार अग्रवालले पनि तलब भत्ता तथा अलाउन्सेस बापत ६३ लाख तीन हजार रुपैयाँ बुझेका छन् ।
प्रतिक्रिया