नेपालमा ११ लाख बालबालिका श्रममा, बागमती प्रदेशका ६ हजार बढि बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य

३ बर्ष अगाडि

काठमाडौं - बागमती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ । स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ ।

उक्त संस्थाका अनुसार ३.१ प्रतिशत बालबालिका  बागमती प्रदेशमा जोखिमपूर्ण श्रममा छन् । प्रतिवेदनका अनुसार बागमतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि १४ वर्षका  १५.६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७.२ प्रतिशतले विभिन्न कारणले श्रम गरिरहेको उल्लेख छ ।   

यस्तै ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले तोकेको कानुन विपरीत बालश्रम गरिरहेका बालबालिकाले  ठूलो  जोखिम र भारी उठाउनु परेको, कामको पूरा पारिश्रमिक नपाएको, राति–राति काम गर्नुपर्ने र अभद्र व्यवहार खेप्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया