एनसीसी बैंकको ४ लाख ५३ हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिनेभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको संस्थापक शेयर आजदेखि बिक्रीमा आएको छ । बैंकको ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । 

बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । उक्त शेयर खरिद गर्नका लागि ३५ दिनेभित्र आवेदन दिनुपर्नेछ ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेछन् । ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया