काठमाडौं- बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरी बुकिङ खुला गरिएको छ।
लामो पर्खाइपछि भारतको बजारमा अत्याधिक रुचाइएको नेपाली बजारमा उपलब्ध भएको हो। विशेषतः अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रसिद्ध मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गेयरबक्स र एक्सल जडान गरिएको छ।
फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राइभ, म्यानुअल डिफ्रेन्सियल लक (अगाडि र पछाडि दुवै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तोसुकै बाटोमा पनि उपयुक्त रहेको छ।
यसका साथै वल्की डिजाइन र बोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एलईडी हेडल्यम्प विथ डीआरएल, टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ, एड्भान्स इन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाइलट सिट, कोयल स्पिङ सस्पेन्सनजस्ता आकर्षक फिचर रहेका छन्।
फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एमएम पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ। यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयरब्याग, एबीएस ईडीबी ब्रेक र रिभर्स पार्किङ सेन्सरजस्ता फिचर्स रहेका छन्। थ्री डोर डिजाइन र ४ सिट क्षमता भएको यस जिपमा सहज इन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्वे रहेको छ।
यो जिपको सुरुआती मूल्य ७८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यसका साथै यो मूल्य केही समयका लागिमात्र लागू हुनेसमेत कम्पनीले जनाएको छ।
प्रतिक्रिया