आजबाट बिक्रीमा आयो प्रुडेन्सियल क्यापटिलको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - आजबाट प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । 

जसमा नेसनल लाइफ इन्सुरेन्सको १ लाख, नेपाल लाइफ इन्सुरेन्सको ५० हजार, आइसीएफसी फाइनान्सको ४८ हजार र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर रहेको छ । 

जसमा लगानीकर्ताले नेसनल लाइफको सेयरमा न्यूनतम ३९० रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्सको सेयरमा ९०० रुपैयाँ, आइसीएफसी फाइनान्सको सेयरमा १९५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ३७५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया