काठमाडौं- सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।
प्रतिक्रिया