काठमाडौं - प्रभु लाइफले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा चैत्र ६ गते र्याडिसन होटलमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी चैत्र २ गते भित्र नाम दर्ता गराइ सक्नुपर्नेछ । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने छ ।
त्यस्तै, चालु आर्थिक वर्षको लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमित तोक्ने सम्बन्धमा सभाले छलफल गर्ने छ ।
प्रतिक्रिया