काठमाडौं - गुडविल फाइनान्सको बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको २७औं वार्षिक साधारण सभाबाट पारित भएको ९.१ प्रतिशत बोनस सेयर सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको हो ।
कम्पनीले एक सूचना जारी गर्दै शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको सम्बन्धित खातमा बोनस शेयर जम्मा भएको जानकारी गराएको छ । साथै हाल सम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया