हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै, के होला एमसीसी ?

३ बर्ष अगाडि

काठमाडौं - हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो ।

एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आज १ बजे बोलाइएको हो । बिहीबार सरकारले एक दिनको समय मागेपछि संसद बैठक स्थगित गरिएको थियो ।

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुनसकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन ।

३ बर्ष अगाडि

प्रतिक्रिया