काठमाडौं - एचआइडिसियलको संस्थापक सेयर लिलामी स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डको चिठ्ठीका कारण स्थगित भएको हो ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले यसअघि बिक्री नभएको सेयर पुनस् लिलाम बढाबढ गरी फागुन १ गते बाट बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनस् लिलाम बढाबढ गर्न फाल्गुण १५ सम्मको समय तोकेको थियो ।
कम्पनीले जारी सूचना अनुसार धितोपत्र बोर्ड बाट प्राप्त चिठ्ठीका कारण लिलामी रोखिएको हो ।

प्रतिक्रिया