काठमाडौं - महालक्ष्मी विकास बैंकको साधारण सभा आज हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । यस अघि अदालतको आदेशमा २ पटकसम्म बैंकको साधारणसभा रोकिएको थियो ।
बैंकले पुस २५ गते आइतबारको लागि साधारणसभा आह्वान गरेको थियो । उक्त सभामा अदालतले निर्वाचनको कार्यक्रम नगर्न आदेश दिएको थियो । तर गणपुरक संख्या नपुगेपछि सो दिनको सभा स्थगित भएर माघ ३ गतेको लागि सभा बोलाएको थियो । अदालतको आदेशपछि माघ ३ दिने गतेको लागि तोकिएको सभा पनि स्थगित भएको थियो ।
कम्पनीले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित १।०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
प्रतिक्रिया