चैत १ बाट ५२ लाख ७५ हजार बढि कित्ता हकप्रद शेयर निष्कासन गर्दै शिखर इन्स्योरेन्स, ककस्ले दिन पाउछन् आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्ने भएको छ। हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । 
 
त्यसैले माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया