कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रदमा आजसम्म मात्रै आवेदन दिन सकिने, कहाँबाट दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको थियो । यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गरेको हो ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो । त्यसैले पुस २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया