कतारको एक कम्पनी भारी संख्यमा पुरुष कामदारको माग, मासिक तलब र सुविधा के कति ?

३ बर्ष अगाडि

काठमाडौं- कतारको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको PROPER TRADING AND CONTRACTING नाम गरेको कम्पनीले २३१ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सुविधासहित मासिक ३२ देखि ३९ हजार बढी तलब पाउनेछन्। इच्छुक कामदारले चिनारी ओभरसिज प्रा.लि.को कार्यालय धुम्बाराही काठमाडौंमा फागुन १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया