काठमाडौं- साताको अन्तिम कारोबार दिन (बिहीबार) २२९ स्टकको कारोबार भएको केबल १२ स्टकको मात्र मूल्य बढेको छ। यस दिन २११ स्टकको मूल्य घटेको छ भने बाँकी ६ स्टकको मूल्य स्थिर रहेको छ।
यस दिन हिमालयन जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६९ रुपैयाँ अर्थात ९.९१ प्रतिशत बढेर ७६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
अन्य स्टकहरुको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ। धेरै स्टकहरुको मूल्य ओरालो लागेपनि गिरावट दर भने कम रहेको छ।
यस दिन सर्वाधिक मूल्य घटेको युनिभर्सल पावर कम्पनीको ५.७० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया