बिहीबार शेयर बजारमा भारी अंकको गिरावट,कारोबार रकम भने बढ्यो

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजारमा भारी अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ । नेप्से २.१७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.३६ अंकले घटेर ५०७.५८ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा कूल २२९ वटा कम्पनीको ८४ लाख ९० हजार ६ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । 

बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ९७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ९।९१ प्रतिशतले बढेर ७ सय ६५ रूपैयाँ पुगेको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया