एनएमबि हाइब्रिड फण्ड एल–१ साढे ६९ लाख बढी नोक्सानीमा, खुद सम्पत्ति मूल्य पनि घट्यो

४ बर्ष अगाडि

काठमाडौं- माघ मसान्तसम्म एनएमबि हाइब्रिड फण्ड एल–१ ले ६९ लाख ५६ हजार नोक्सानीमा रहेको छ । पुस मसान्तसम्म १ करोड ८२ लाखभन्दा बढी नाफा गरेको योजनाले माघ महीनामा आम्दानी घटेकाले नोक्सानी व्यहोर्नु परेको हो । 

पुस मसान्तसम्म ३ करोड २३ लाखभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म भने  ९३ लाख ८२ हजार मात्र आम्दानी गरेको हो । 

माघ मसान्तसम्म धितोपत्रमा कमिशन सहित  ९१ करोड ९२ लाख ७२ हजार लगानी गरेको योजनाको उक्त लगानीको बजारमूल्य  १ अर्ब ११ करोड ८१ लाख ३९ हजार रहेको छ । 

बैक मुद्दती निक्षेपमा भने योजनाले माघ मसान्तसम्म  १५ करोड लगानी गरेको छ । 

माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १४.८२ रहेको छ । पुस मसान्तसम्म यो मूल्य १५.०८ रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया