पल शाह : आफूमाथि षड्यन्त्र रचिएको भन्दै यसरी पेश गरे प्रमाण

३ बर्ष अगाडि

काठमाडौं-पछिल्लो समय अभिनेता पल शाह चर्चाको केन्द्रमा छन् । केही समय अघिदेखि नै अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धको बारेमा चौतर्फी चर्चा हुँदै आइरहेको छ ।

गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

आज फेरि पल शाहले सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटस सार्वजनिक गर्दै आफू माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याएका छन् ।

यस्तो छ उनले  सामाजिक सञ्जाल फेसबूकमा लेखेको स्टासस् र प्रमाण 

नमस्कार म पल शाह 

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार 'पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो', 'हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो' साथै ' घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो 'लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१. साथी दुर्गेश थापा

२. ठुल्दाई सरोज ओलि

३.भाई कृष्ण जोशी

४. सम्राट चौलागाई

Plan 1:- https://drive.google.com/.../18NfClAr4PXx0wfMz6iN.../view...

Plan 2:- https://drive.google.com/.../1rUt3Ilbs0RswEGtmfEG.../view...

Plan 3 :- https://drive.google.com/.../1VQU02Xh_BIhHLH.../view...

Plan 4 :- https://drive.google.com/.../1Bt4uB2Jgn.../view...

Plan 5:- https://drive.google.com/.../1dsi3s7pZZ82l7Zrv3BF.../view...

Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/.../1LCttzu4XUi.../view...

 

३ बर्ष अगाडि

प्रतिक्रिया