बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थानमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिँदै । कच्ची धावनमार्गका कारण सञ्चालनमा आउन समस्या भएको विमानस्थल कालोपत्रेपछि सञ्चालनमा आउने अपेक्षा छ । धावनमार्ग कालोपत्रे गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का भएको थियो । तस्वीरः रासस
प्रतिक्रिया