नेशनल हाइड्रोपावरको बुकक्लोज भोलि, आजसम्म कायम शेयरधनीले मात्र १९ प्रतिशत लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं- नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात फागुन १३ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले फागुन ३० गते, सोमबार, अनलाइनको माध्यमबाट भर्चुअल रुपमा काठमाडौँ नगरपालिका वडा नं. १०, विनायकनगर, नयाँ बानेश्वरमा २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमध्ये १८.५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.९७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

यसका साथै सभाले बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १० बराबर ५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, सुनकोशी हाइड्रोपावर कम्पनीलाई १०० बराबर २५ को शेयर स्वाप रेशियोमा प्राप्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया