काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा गिरावट आएको छ ।
बुधबार दिव्यश्वरी हाइड्रोपावर र यूनाइटेड इदि मार्दी आरबि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । युनाइटेड ईदी मार्दीको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार १० रुपैयाँ १० पैसा र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५९ रूपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै, घलेम्दी हाइड्रोको ९.२२ प्रतिशत, तेह्रथुम पावरको ८.८४ प्रतिशत, रुरु जलविद्युत प्रयोजनाको ७.४८ प्रतिशत, समलिङ पावरको ६.८४ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.८८ प्रतिशत र मध्यभोटेकोशी जलविद्युतको ५.८५ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया