दुई लगातार बढेको शेयर बजार आज फेरी ओरालो लाग्यो, कारोबार रकम ३ अर्बमा सिमित

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार ओरोलो लागेको छ । सोमबार र मंगलबार दोहोरो अंकले बढेको बजारले आज भने ओरालो यात्रा तय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ५१७.९३ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्यूचूअल फण्ड र हाइड्रोपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।

यस दिन पनि नेपाल टेलिकमको नै सर्वाधिक कारोबार भएको छ । टेलिकमको १९ करोड ३७ लाख ८५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार युनाइटेड ईदी मार्दी हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड ईदी मार्दीको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार १० रुपैयाँ १० पैसा र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५९ रूपैयाँ ७० पैसा पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया