यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन अर्थात मंगलबार १७ अंकले बढेको नेप्से परिसूचक आज १५ अंकले घटेको हो । 

नेप्सेमा ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनी( टेलिकम) को सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँको कारोबार भएको हो । 

त्यस्तै, घलेम्दी हाइड्रोपावरको १२ करोड ८५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ५८ लाख, नेशनल हाइड्रोपावरको ९ करोड ४९ लाख र अपि पावर कम्पनीको ९ करोड ८ लाख भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया