काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ भोलि (बिहीबार) फागुन १२ गते बाँडफाँड हुने भएको छ। लघुवित्तले आज प्रि अलटमेन्ट सकाएर भोलि बाँडफाँट गर्ने भएको हो।
लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले भोलि ३ बजेपछि शेयर बाँडफाँड हुने जनाएको छ।
लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको थियो।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई वितरण हुनेछ।
लघुवित्तको आईपीओमा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको छ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ। त्यस अनुसार ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै शेयर पाउनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड पुग्नेछ।
प्रतिक्रिया