मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ ।

बैंकको १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता शेयर सूचिकृत भएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया