काठमाडौं- पाँचथर पावर कम्पनी लिमिटेडले शेयर संरचना परिर्वतन गर्ने भएको छ ।
कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ७७ लाख कित्ता शेयर तथा आयोजना प्रभावित स्थानिय बासिन्दामा बाँडफाँड भएको १ लाख ७४ हजार ७५० कित्ता र कर्मचारीको लागि बाँडफाँड भएको ९ हजार ५९८ कित्ता गरी कुल ७८ लाख ८४ हजार ३४८ कित्ता शेयर परिर्वतन गर्ने भएको हो ।
लकिङ्ग पिरियड सकिएपछि कम्पनीको संस्थापक शेयरपनि फागुन २३ गतेदेखि सर्वसाधारण सरह कारोबार हुने भएको छ। कम्पनीले संस्थापकहरुलाई निष्काशन गरेको ७७ लाख कित्ता शेयर दोस्रो बजारमा सर्वसाधारणमा खरिदबिक्रीको लागि परिणत भएको हो।
प्रतिक्रिया