काठमाडौं-लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
कम्पनीले बर्दघाट –१६ नवलपरासी निबासी रवि कुमार कामु (थापा) को परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका बुबा ताराबहादुर कामु (थापा) लाई १८ लाख ३६ हजार ७५० रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।
पाँच वर्षअघि एलआईसी नेपालमा १५ लाख रुपैयाँको बिमा गरेका रविकुमार गत मंसिर २ गते आफ्नै निबासमा बिहान उठ्दा मृत अवस्थामा फेला परेका थिए ।
प्रतिक्रिया