काठमाडौं- ज्योति विकास बैंकले ११ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही डिम्याट खातामा जम्मा गरिदिएको छ।
धितोपत्र दोस्रो बजारमा फागुन २ गते सूचीकृत गराईसकेको उक्त बोनस शेयर कम्पनीले कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराइसकेका सदस्यहरुको बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकेको जानकारी दिंदै कम्पनीले त्यस पश्चात शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमशः बोनस शेयर जम्मा गरिने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले गत पुस २३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट ११ प्रतिशत बोनससँगै कर प्रयोजनका लागि समेत ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष ०७७र७८ को वितरणयोग्य रकम ५९ करोड ६९ लाख ३८ हजार ८१८ बाट हाल कायम चुक्तापूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गरेको हो ।
प्रतिक्रिया