काठमाडौं- एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले नयाँ मुद्दति योजना ‘एक्सेल सुपर मुद्दति’ अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दति खाता सार्वजनिक गरेको छ।
ट्रिपल धमाका मुद्दति योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुना रकम पाउनेछन्।
त्यस्तै १ को ५ धमाका मुद्दति योजनाअन्तर्गत ग्राहकले १५ वर्षमा अहिले जम्मा गरेको रकमको ५ गुना रकम पाउनेछन्। विशेषगरी साना बालबालिकालाई लक्षित गरी ल्याइएको यस योजनाले भविष्यमा शिक्षाका लागि आवश्यक ठूलो रकमको जोहो गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ।
दुवै योजनाका लागि न्यूनतम रकम २५ हजार रुपैयाँ रहेको छ।
यसका साथै बैंकका अन्य बचत तथा मुद्दतिका योजनाहरु जस्तै– एक्सेल मुद्दति खातामा ११.६५ प्रतिशत, एक्सेल रेमिट मुद्दति खातामा १२.६५ प्रतिशत, बचत खातामा ८.०५ प्रतिशतसम्म र रेमिट वचत खातामा ९.०५ प्रतिशत वार्षिक ब्याजदर प्राप्त हुने खाताहरु पनि सञ्चालनमा छन्।
प्रतिक्रिया