दुई दिनमै बैंकहरुको निक्षेप १६ अर्बले घट्यो, कर्जा लगानीमा पनि गिरावट

४ बर्ष अगाडि

काठमाडौं- दुई दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको  १६ अर्बले घटेको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १६ अर्ब रुपैयाँले घटेको हो ।  गत फागुन ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा फागुन ८ गतेसम्म घटेर ४८ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको हो। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि १६ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा फागुन ८ गतेसम्म घटेर ४३ खर्ब ९ अर्ब रुपैयाँमा सीमित बनेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ६ गते कुल कर्जा लगानी ४६ खर्ब ८४ अर्ब रुपैयाँ रहेकोमा फागुन ८ गतेसम्म घटेर ४६ खर्ब ८३ अर्ब रुपैयाँमा झरेको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने स्थिर देखिएको छ। गत फागुन ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ६ गते पनि वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ नै रहेको थियो। 

निक्षेप घटेसँगै बैंकहरुको औसत सीडी रेसियो बढेर फागुन ८ गतेसम्म ९०.३४ प्रतिशत पुगेको छ। गत फागुन ६ गतेसम्म औसत सीडी रेसियो ९०.०८ प्रतिशत थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया