करिब ३० देखि ३२ लाख मूल्य पर्ने सुजुकी सेलेरियो नेपाली बजारमा, उत्कृष्ट फिचर नै माइलेज

३ बर्ष अगाडि

सुजुकी सेलेरियो नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी होल्डीङ्ले सुजुकी सेलेरियो नेपाली बजारमा ल्याएको हो। 

सेलेरियो उत्कृष्ट फिचर नै माइलेज हो। हार्टेक्ट प्लेटफर्ममा आधारित नयाँ सेलेरियो नेपालको सबैभन्दा बढी माइलेज दिने कार हुने समेत कम्पनीको दावी छ। 

नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ। इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले जनाएको छ। यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध छ।

सेलेरियोको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम, २४३५ एमएम ह्वीलवेस र १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। यसमा ३१३ लिटर क्षमताको बुट स्पेश र ३२ लिटरको इन्धन ट्याङ्की रहेको छ।

नयाँ सुजुकी सेलेरियोमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ भने यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन लगाएतका विशेषता पनि उपलब्ध छन्।

यसैगरी यसमा मारुती स्मार्ट प्ले अडियो सिस्टम, आइडल स्टार्टरस्टप फङसन, पुश स्टार्टरस्टप बटन, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील समेत समावेश गरिएको छ। यसको क्यावीन पहिलेको भन्दा प्रिमियम पनि पाउन सकिन्छ। यसको अगाडिको चक्कामा डिस्क र पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको छ।

सुजुकीको नयाँ सेलेरियोको सुरुवाती भेरिएन्ट भिएक्स आईको मूल्य २७ लाख ९९ हजार रुपैयाँ, जेटएक्स आईको २९ लाख ९९ हजार र जेटएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कार ६ रङ, सिल्की सिल्भर, सोलिड फायर रेड, आर्टिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लूमा उपलब्ध छ।

सो कारले नेपाली बजारमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग सिधा प्रतिस्पर्धा गर्नेछ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया