गुराँस लाइफद्धारा १३ लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीले आज (सोमबार) कपिलवस्तु जितपुर शाखाको कार्यालयमा बीमीतको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

जितपुर शाखा कार्यालयमा सम्पन्न सो कार्यक्रममा मृतक राममिलन मुराउका बुबा राधेश्याम मुराउलाई शाखा प्रमुख सुशिला कडेलले १३ लाखको चेक हस्तारन्तरण गरेकी हुन् । शिवराज नगरपालिका वडा नम्बर ५ का राधेश्याम मुराउ र धनपाति मुराउका छोरा राममिलन मुराउको २३ वर्षको अल्पायु उमेरमा मृत्यु भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया