काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार ४ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।
आज ग्लोबल आईएमई बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ कित्ता शेयर सूचिकृत भएको हो ।
ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३।५ प्रतिशत नगद गरी कुल १३।५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
यस्तै, प्रभु बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता शेयर सूचिकृत भएको हो ।
प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता शेयर सूचिकृत भएको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
त्यसैगरी, बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २९ लाख ४९ हजार ६ सय ६३ कित्ता शेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया