वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा कोटा छुट्याइने,आन्तरिक गृहकार्य हुदैँ

४ बर्ष अगाडि

काठमाडौं-रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीका लागि आईपीओमा कोटा छुट्याउने गृहकार्य सुरु भएको छ। 

अर्थ मन्त्रालयका सोमबार केही उच्च पदस्थ कर्मचारीहरुबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा ५ प्रतिशत कोटा छुट्याउने विषयमा संक्षिप्त छलफल भएको मन्त्रालय स्रोत बताउँछन्। ‘ ‘रेमिट्यान्स पठाएर मुलुकको अर्थतन्त्रमा योगदान गर्नेहरुका लागि प्रोत्साहनस्वरुप कोटा छुट्याउने विषयमा गृहकार्य सुरु भएको छ’, स्रोतले भन्यो, ‘यसका लागि कार्यविधि बनाउन नेपाल धितोपत्र बोर्डलाई जिम्मा दिइएको छ।’ 

हिजोको बैठकमा यो नियम तत्काल कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउने सहमति बनेको पनि स्रोतले बताएको छ । ‘विदेशी मुद्रामा खाता खोल्ने गैरआवासीय नेपाली र वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने यो सुविधा पाउनेछन्’, स्रोतले भन्यो। 

धितोपत्र बोर्डका एक उच्च अधिकारले पनि यस विषयमा आन्तरिक गृहकार्य भइरहेको बताए। 

४ बर्ष अगाडि

प्रतिक्रिया