काठमाडौं- इमर्जिङ्ग नेपाल लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गरेको शेयर बाँडफाँड पछि सूचीकरण प्रकृया अघि बढाएका छन्। इमर्जिङ्ग नेपालको शेयर सूचीकरणको लागि आवश्यक डकुमेन्ट सिडिएससीमा बुझाउने तयारी भइरहेको कम्पनीको आरटिएस एनआईसी एशिया क्यापिटलले जनाएको छ।
यस्तै,जाल्पा सामुदायिक लघुवित्तले भने शेयर सूचीकरण प्रकृया अघि बढाउन आरटिएस नियुक्त गर्ने तयारी गरिरहेको छ। कम्पनीले आरटिएस नियुक्त गरेपछि शेयर सूचीकरण प्रकृया अघि बढ्ने छ।
इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म कुल ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्तामध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त शेयर फागुन ४ गते बाँडफाँड भएको हो ।
यस्तै, जाल्पा लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयर निष्कासन गरेको थियो।
सर्वसाधरणलाई निष्काशन गरेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर फागुन १ गते बाँडफाँड गरेको थियो।
प्रतिक्रिया