काठमाडौं- कुमारी इक्विटी फण्डले माघ मसान्तसम्ममा ७ करोड बढी नाफा कमाएको छ । फण्डले आजै सार्वजनिक गरेको माघ महिनाको खुद सम्पती मूल्य विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तसम्ममा ७ करोड ९ लाख नाफा कमाएको छ । यो नाफा पुस मसान्तको तुलनामा १२.७८ प्रतिशत घटेको हो । पुस मसान्तसम्ममा फण्डले ८ करोड १२ लाख नाफा कमाएको थियो ।
पुस महीनामा ९ करोड १४ लाख आम्दानी गरेको उक्त फण्डको नाफा माघ महीनामा घटेर ८ करोड २६ लाखमा झरेको हो ।
त्यसैगरी फण्डको एनएभी पनि घटेको छ । पुस मसान्तसम्ममा फण्डको एनएभी ११.०२ रहेकोमा माघ महीनामा घटेर १०.९२ कायम भएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा ४६ करोड ७ लाख लगानी गरेको छ । यो लगानी पुस मसान्तको तुलनामा भने ५.५८ प्रतिशतले कमि आएको हो ।
फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा ४८ करोड ७९ लाख लगानी गरेको थियो ।
प्रतिक्रिया