काठमाडौं-लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको वार्षिक साधारण सभा भोलि बुधवार हुदैँछ ।
कम्पनीले सभा एलआईसी शिक्षालय हल नक्साल, काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ । सभाले २० प्रतिशत बोनस शेयर र १.०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । जस अनुसार माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कोरोना महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट हुन लागेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया