कतारमा ५८ हजार बढी तलब सहित ११० जना पुरुष कामदारको माग, निशुल्क हवाई टिकट

३ बर्ष अगाडि

काठमाडौं- कतारको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ ।  Salik For Delivery And Trading Services नाम गरेको कम्पनीले ११० जना पुरुष कामदारको माग गरेको हो । डाइभर (बाइक) पदमा उक्त कामदारको माग गरिएको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सुविधासहित मासिक ५८ हजार बढी तलब पाउनेछन्। इच्छुक कामदारले गण्डकी ओभरसिज कन्सर्न प्रालिको कार्यालय मिनभवन काठमाडौंमा फागुन १६ र १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमाकामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया